नियम
यस नियमावलीको व्याख्या
: (१) कुनै अधिकारीले यस नियमावलीको कुनै नियम प्रयोग गर्दा गरेको व्याख्याबाट कुनै निजामती
कर्मचारीलाई मर्का परेमा निजले नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा नेपाल सरकारले गरेको व्याख्यालाई सामान्य प्रशासन मन्त्रालयले
सम्बन्धित सबै सरकारी कार्यालयहरुको जानकारी तथा मार्गदर्शनको निमित्त पठाउनेछ ।